मेसी र स्वारेज चम्किँदा सानदार जितका साथ मियामी क्वाटरफाइनलमा

अमेरिकन क्लब इन्टर मियामी कोन्काक्याफ च्याम्पियन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको राउन्ड अफ सिक्सटिनको खेलमा नास्भेल एससीलाई ३–१ ले हराउँदै मियामी क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

मियामी समग्रमा ५–३ को नतिजाका साथ क्वाटरफाइनलमा पुग्यो । पहिलो लेगमा उसले सानदार कमब्याक गर्दै खेल २–२ को बराबरी खेलेको थियो । दोस्रो लेगमा मियामीको जितमा कप्तान लियोनल मेसी, लुइस स्वारेज र रोबर्ट टेलरले एक/एक गोल गरे ।

नास्भेलका लागि साम सुरिड्जले एक गोल फर्काए । मियामीलाई क्वाटरफाइनलको यात्रा गराउनेक्रममा मेसी र स्वारेजले सानदार प्रदर्शन गरे । घरेलु मैदानमा भएको खेलमा मेसीले उपलब्ध गराएको पास सदुपयोग गर्दै स्वारेजले आठौं मिनेटमा मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

डिअगो गोमेजको पासमा मेसीले २३औँ मिनेटमा गोल गर्दै मियामी पहिलो हाफमै २–० ले अघि बढ्यो । टेलरले ६३औँ मिनेटमा गोल गर्दै मियामीलाई जित नजिक पुर्याए । उनले स्वारेजको पारसमा हेडरमार्फत आकर्षक गोल गरे । 

इन्जुरी समयमा साम सुरिड्जले गोल गरे पनि नास्भेलका लागि त्याे पर्याप्त भएन । 






  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार ८:२७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया