प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल [लाइभ]

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।   

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची छ । उनले नै ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८१/२०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि पनि छलफल प्रारम्भ गरिनेछ ।  





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार ११:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया