उदयपुरमा बोलेरो गाडी दुर्घटना : ६ को मृत्यु, सातजना घाइते

उदयपुरको बेलकामा आज भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् । मृतकको पहिचान खुलेको छैन । 

बेलका नगरपालिका–७, मा रहेको कच्ची सडकबाट भीरमा गाडी खसेको जनाइएको छ । भोजपुरको घोडेटारबाट यात्रुसहित धरान आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।

कच्ची सडक रहेको उक्त स्थानको भीरबाट गाडी तीन सय मिटरभन्दा तल खसेको प्रहरीले अनुमान गरेको छ । भोजपुरबाट प्रहरी टोली घटनास्थल गएर स्थलगत रुपमा बुझ्ने काम भइरहेको जनाउँदै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १३:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया