संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, तस्बिर : रासस

लामो प्रतीक्षापछि संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधिसभामा पेस भएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० संसदमा पेस गरेका हुन् ।

विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरूप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरी गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । मन्त्री जोशीले निजामती कर्मचारीलाई राजनीतिकरूपमा तटस्थ, पेसागतरूपमा सक्षम, समावेशी, व्यवसायिक, सहभागितामूलक र उच्च मनोबलयुक्त बनाउनुपर्ने बताए ।

सरकारले गत २१ फागुनमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था  गर्न बनेको विधेयक, २०८०’ सङ्घीय संसद्मा दर्ता गरेको थियो । 

मन्त्री जोशीले ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन विधेयक, २०८) माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि संसदमा पेस गरेका छन् । उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल सुरु भएको छ । 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १४:१३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया