सेयरबजारमा दोहोरो अंकको गिरावट

साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नयाँ अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्तिसँगै केही दिन बढेको सेयरबजार करेक्सनको मुडमा देखिएको छ ।

बुधबार २.४८ अंकले बढेको सेयरबजार आज थप २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब २४ करोड ८५ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि सामान्य गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा विन लघुवित्त, मानुषी लघुवित्त र गुराँस लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मंगलबार सर्वाधिक गुमाउनेमा स्वाभिमान लघुवित्त, जाल्पा लघुवित्त, धौलागिरी लघुवित्त, एलआइसिएन र एनआईसी लघुवित्त र जनउत्थान लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक २.६५ प्रतिशतले घट्दा लघुवित्त समूहको उपसूचक २.०९ र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक १.७ प्रतिशतले घट्यो । आज कुनै पनि उपसूचक बढ्न भने सकेन ।





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १५:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया