उदयपुर जिप दुर्घटना : आठ मृतक र नाै घाइतेकाे पहिचान खुल्याे (विवरणसहित)

भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जिप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । धरानबाट छुटेको को१ज २५९३ नम्बरको जिप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर ६ महिने शिशुसहित आठजनाकाे मृत्यु भएको थियाे । सातजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अधिकांश मृतक भोजपुर हतुवागढी गाउँपालिकाका छन् ।  

दुर्घटनामा परी नाैजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि धरान लगिएको छ । प्रहरीले मृत्यु तथा घाइतेको विवरण उपलब्ध गराएको छ

घटनास्थलमै मृत्यु हुनेमा चालक हतुवागढी गाउँपालिका-२ का मानबहादुर बस्नेत, हतुवागढी-२ कै  चन्द्रप्रकाश राई, हतुवागढी-५की रामकुमारी राई (ममता), बराहक्षेत्र- ३ का पदमबहादुर थापा, हतुवागढी-२ का ६ महिनाका बालक दिशान राई, इटहरीकी कमला अधिकारी, हतुवागढी- २ की पर्वतमाया राई छन् । हतुवागढी-५ का किसन राईकाे उपचारका क्रममा बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

त्यस्तै, घाइतेहरूमा विशेष पराजुली, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ राई र निकिता कटुवाल छन् । उनीहरूकाे बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेकाे छ ।





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १६:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया