अहिलेको गठबन्धन भवितव्य हाेइन, हिसाबकिताब गरेर बनेको हाे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन भवितव्य नभई धेरै हिसाबकिताब र छलफल गरेर बनेको दाबी गरेका छन् । बिहीबार महेन्द्रनगरमा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन् । 

अहिलेको गठबन्धनलाई टिकाएर लैजाने उल्लेख गर्दै उनले भने, ‘यो समीकरण अत्यन्त कच्चा हुँदैन भन्ने मैले विश्वास गरेको छु, यसलाई टिकाएर लैजाने हो ।’
अहिलेको गठबन्धन कसैको इच्छा, आकांक्षा र चाहनाले नभई देश बनाउने संकल्पसहित बनेकाे उनले जिकिर गरे । 

गठबन्धन भत्किँदा कांग्रेसलाई ठूलो पीर परेको भन्दै उनले याे गठबन्धन चीनले  नभएर नेपाली जनताले बनाएको बताए । ‘यो गठबन्धन कसैले बनाएको होइन, हामीले बनाएका हौँ, चीन आयो चीनले बनायो भनेर हाम्रो अपमान गर्ने काम नगर्नुस् ।’

नयाँ समीकरण बनेसँगै सरकारले राम्रा कामहरुको सुरुवात गरेको बताए । उनले मिटरब्याजपीडित र आरती शाहसँग सहमति भएकोले सरकारले सकारात्मक र नतिजा दिने गरी काम गर्न थालेको बताए ।





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १८:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया