वामदेव गौतम भन्छन्- ‘शासन प्रणालीमा आमूल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्न सक्दैन’

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिए पनि शासन प्रणाली, उत्पादन प्रणाली र निर्वाचन प्रणाली त्यही भएकाले यसमा आमूल परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा धारणा राख्दै गौतमले माथि उल्लेखित तीनवटा क्षेत्रमा आमूल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्नै नसक्ने जिकिरसमेत गरे । उनले सरकारले एक वर्षमा पूरा हुनेगरी आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता नराखेको भन्दै असन्तुष्टिसमेत व्यक्त  गरे ।  

‘नेपालको एउटा ठूलो परिवर्तन राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक घोषणा गरियो । तर, शासन प्रणाली त्यही छ । उत्पादन प्रणाली त्यही छ । र, निर्वाचन प्रणाली त्यही छ । जबसम्म यो तीनवटा प्रणालीमा आमूल परिवर्तन गर्दैनौँ, तबसम्म हामी अगाडि बढ्न सक्दै सक्दैनौँ । कुनै पनि हालतमा हामी अगाडि बढ्न सक्दैनौँ । त्यसो भएर यो तीनवटा क्षेत्रको आमूल परिवर्तन गर्ने दिशामा जानुपर्छ,’ गौतमले भने ।

उनले बजेटको प्राथमिकता र सिद्धान्त १० वर्षमा पूरा गर्ने खालको भएकाले पनि यसको सान्दर्भिकता नभएको पनि टिप्पणी गरे । 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १५:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया