सरकारलाई कांग्रेस सचेतकको प्रश्न- अनियमितताका सबै फाइल खोल्न तयार हो ?
‘संसद् अवरोध सरकारले जवाफदेहीता नदेखाउँदाको परिणाम’

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकार सांसदले उठाएको प्रश्नको जवाफ नदिइकन जबरजस्ती अघि बढेकाले संसद् अवरोध गर्नु परेको बताएकी छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपप्रधान एवं गृहमन्त्रीविरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार पक्ष जबरजस्ती अघि बढेको बताएकी हुन् । 

उनले संसद अवरोधलाई सरकारले जवाफदेहीता नदेखाउँदाको परिणामका रूपमा लिनुपर्ने बताइन् । कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको थिङको भनाइ छ । भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइल सबै खोल्नुपर्ने र अपराधमा संलग्नलाई कारबाही हुनुपर्नेमा उनको जोड छ ।

‘गैरलोकतान्त्रिक अभ्यासबाट गएका छैनौँ । फाइल कति वटा छ, तपाईँहरूले सुन र पुनको पनि कुरा सुन्नुभयो होला नि । फाइल कतिवटा ओपन गर्ने ? फाइल सबै यो देशमा ओपन गर्न सम्पूर्ण अहिलेका दल तयार छन्,’ सचेतक थिङले भनिन्, ‘२७५ जना माननीयहरू तयार हुनुहुन्छ ? कांग्रेस फाइल खोल्न तयार हुनुहुन्छ । मन्त्रीलाई बयान लिन अख्तियार कहाँ जान्थ्यो त्यो खोज्नुहोस् । फाइल सबैको खोलिनुपर्छ । अपराध र अन्याय गर्ने मान्छे उम्किनु हुँदैन ।’ 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १९:२०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया