गठबन्धन कार्यदलको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई बुझाउने तयारी

सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा आजै प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्ने भएका छन् ।

दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम् साझा कार्यक्रम आज  प्रधानमन्त्रीलाई बुझाउन लागेको कार्यदलका एक सदस्य मनिष सुमनले जानकारी दिए । कार्यदलले बिहान साढे ९ बजे बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर  उक्त कार्यक्रम बुझाउने तयारी गरेको छ । 

कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान,आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ ।  





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार ९:२०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया