लगानी सम्मेलनका लागि होटल संघ नेपालका अध्यक्ष साहले दिए यस्ता सुझाव

होटल संघ नेपालका अध्यक्ष विनायक साहले सात प्रदेशमा कम्तीमा एक–एक मेगा प्रोजेक्ट लगानी सम्मेलनमा सरकारले देखाउन सक्नुपर्ने बताएका छन् । सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि सात प्रदेशमा कम्तीमा एक–एक मेगा प्रोजेक्ट फाइनल गर्नुपर्ने सुझाव दिए ।

अध्यक्ष साहले कुराकानीका क्रममा लगानी सम्मेलनमा सरकारले विदेशी लगानी आकर्षण गर्नको लागि ठूला मेगा परियोजनाहरू देखाउन आवश्यक रहेको बताए । उनले मुलुकको पर्यटकीय सम्भावनाको विषयमा प्रचार गर्न आवश्यक रहेको भन्दै त्यसले ठूलो प्रतिफल आउन सक्ने सुझाव राखे । 

अध्यक्ष साहले लगानी सम्मेलनमा सरकारले पर्यटन,आइटी र जलविद्युतलाई प्रमुख प्राथमिकतामा राखेकाले विदेशी र स्वदेशी लगानीकर्ता दुवैलाई प्राथमिकता दिन आवश्यक रहेको बताए । उनले स्वदेशी र विदेशी लगानी संरक्षण गर्नको लागि सरकारले विद्यमान नीति नियम र ऐनहरू परिमार्जन तथा संशोधन गर्न सुझाव दिए । 

उनले  नेपालका होटलहरु उद्योगको वर्गीकरणमा नपर्ने गरेको भन्दै औद्योगिक व्यवसाय ऐन संशोधन आगामी लगानी सम्मेलन भन्दा अघि गर्नु पर्ने बताए । उनले विगतमा भएका लगानी सम्मेलनमा के कस्ता कामहरू भए समीक्षा गर्न आवश्यक रहेको बताए । उनले लगानी सम्मेलनमा भएका प्रतिबद्धता सम्मेलनपछि कति कार्यान्वयन भए/नभएको अनुगमन गर्न आवश्यक देखिएको बताए । 

उनले विदेशी चेन होटेल र स्वदेशी लगानीमा सञ्चालन भएका होटेललाई समान रूपमा हेर्नु आवश्यक रहेको बताए । उनले लगानी सम्मेलनको विषयमा सरकारले पर्यटन व्यवसायीहरूसँग छलफल गर्न आवश्यक रहेको बताउन बताए । 

यस्तो छ अध्यक्ष साहले दिएको सुझाव 



तेस्रो लगानी सम्मेलनमा सरकारले पर्यटन,आइटी र जलविद्युतलाई प्रमुख प्राथमिकतामा राखेको छ । नेपालका पर्यटकको व्यापक सम्भावना छ । तर सम्भावना हुँदाहुँदै पनि त्यसबाट प्रतिफल पाउन नसकेको अवस्थामा नेपालले कति पर्यटकलाई सेवा दिन सक्छ । होटेल क्षेत्रको आवश्यक विकास गरिसकेका छौँ । लगानी सम्मेलनमा विदेशी र स्वदेशी लगानीकर्ता दुवैलाई प्राथमिकता दिनुपर्छ ।

स्वदेशी र विदेशी लगानी संरक्षण गर्नको लागि सरकारले विद्यमान नीति नियम र ऐनहरू परिमार्जन तथा संशोधन हुनुपर्छ । नेपालका होटलहरु उद्योगको वर्गीकरणमा पर्दैनौं । उद्योगमा दर्ता गरेर लगानी गरे पनि सरकारी सेवा सुविधाहरू हेर्दा सेवा क्षेत्रको मात्रै पाइन्छ । औद्योगिक व्यवसाय ऐन संशोधन आगामी लगानी सम्मेलन भन्दा अघि गर्नुपर्छ ।



विगतमा भएका लगानी सम्मेलनमा के कस्ता कामहरू भए समीक्षा गर्न आवश्यक छ । लगानी सम्मेलनमा भएका प्रतिबद्धता सम्मेलनपछि कति भए भएन भन्ने अनुगमन गर्न आवश्यक छ । त्यो भएको छ वा छैन समीक्षा गर्नुपर्छ ।

विदेशी चेन होटेल र स्वदेशी लगानीमा सञ्चालन भएका होटेललाई समान रूपमा हेर्नु आवश्यक छ । लगानी सम्मेलनको विषयमा सरकारले पर्यटन व्यवसायीहरूसँग छलफल गर्नु आवश्यक छ । ठूला छाता संगठनहरुसँग मात्रै छलफल गरेको देखिन्छ । लगानी सम्मेलनको विषयमा प्रत्यक्ष रूपमा छलफलमा सहभागिता गराउनु पर्छ ।

सरकारले लगानी सम्मेलनमा विदेशी लगानी आकर्षण गर्नको लागि ठूला मेगा परियोजनाहरू देखाउन सक्नुपर्छ । सात प्रदेशमा एक–एक वटा मेगा परियोजनामा लगानी आउने गरी सरकारले तयारी गर्नुपर्छ । मुलुकको पर्यटकीय सम्भावनाको विषयमा प्रचार गर्नसके अझ ठूलो प्रतिफल आउन सक्नेछ । 

  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार ११:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया