भोजपुरमा बालबालिका खेलिरहेको ठाउँमा आगलागी : एकै परिवारका तीन जनाको मृत्यु
फाइल तस्बिर

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा गोठबाट सल्किएको आगोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय रमेश कार्कीका सात वर्षीया छोरी दिप्तिका र तीन वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।   

खेलिरहेका बालबालिका गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाइएको थियो ।     





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार ६:५३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया