नागरिक लगानी कोषलाई अर्थमन्त्रीको अनुरोध- पैसा नडुब्ने आर्थिक क्षेत्रमा लगानी गर्नू
‘राजनीतिमा शुद्धीकरण जरुरी छ’
फाइल तस्बिर

अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताको पैसा नडुब्नेगरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् ।

आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीलाई भविष्यमा नदोहोर्याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिए । लगानी कोषले गरेका लगानीमा लगानीकर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने अर्थमन्त्री पुनको भनाइ छ ।

उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । अर्थमन्त्री पुनले आफ्नो संस्था, समाज, देशको समस्या आफैंले समाधान गर्नुपर्ने पनि बताए । 

अर्थमन्त्री पुनले विगतमा भएका कामको आलोचना गर्नेभन्दा भएका कमजोरीलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए । उनले पूर्ववर्ती अर्थमन्त्रीले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने पनि बताए ।  

अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको पनि बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताए । उनले प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको बताए । 



‘राजनीतिक नेतृत्वका समस्या छन्, राजनीतिमा शुद्धीकरण जरुरी छ, हामी आफैंले ठानेका छौँ । आम जनसमुदायले ठानेको छ । हाम्रो प्रशासन संयन्त्रमा शुद्धीकरण जरुरी छ, आजको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । हिजोको हामी सम्मान गर्दछौँ, कयौँ कमी भए, त्यसलाई सच्याएर जानुपर्छ,’ अर्थमन्त्री पुनले भने ।

उनले विगतका राम्रा कामको सम्मान गर्दै भएका कमजोरीलाई सच्याएर अघि बढ्न सक्नुपर्ने बताए । 



  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १०:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया