पोखरामा आजदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने

पोखरामा आज साँझदेखि डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने भएका छन् । आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

उनले आजै साँझदेखि लागू हुने गरी निश्चित मापदण्ड बनाएर पोखराको लेक साइड इलाका, पृथ्वी चोक महेन्द्र पुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्बाध रूपमा सञ्चालन हुने बताए । उनले राउन्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाए । 

उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे । उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत् ध्यान केन्द्रको रूपमा एउटा ध्यान केन्द्र निर्माण गर्ने घोषणा पनि गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वी चोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताए । 

उनले भने, ‘आजै साँझदेखि लागू हुने गरी निश्चित मापदण्ड बनाएर पोखराको लेक साइड इलाका, पृथ्वी चोक महेन्द्र पुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्बाध रूपमा सञ्चालन हुनेछन् । साथै डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने कुरा जानकारी गराउन चाहन्छु । राउन्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्नेछौँ । बेगनास तालमा क्रुज शिप सञ्चालन गरिनेछ । पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गरिनेछ । पोखरालाई वृहत् ध्यान केन्द्रको रूपमा एउटा वृहत् ध्यान केन्द्र निर्माण गरिनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वी चोकसम्म स्टल बस सेवा सञ्चालन गरिनेछ ।’

उनले पोखरामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको बताए ।  





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १५:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया