नेप्सेमा सुधार, १३ मध्ये ९ उपसमूहमा बढोत्तरी

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा करेक्सन छ । कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि सेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ । 

कारोबार रकम भने हिजोका तुलनामा ४९ करोडले घटेको छ । ७३ लाख ४१ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८२ करोड १७ लाख ९८ हजार ९ सय ७६ रुपैयाँ ५ । आइतबार कारोबार सूचक ११.८३ अंकले घट्दै २०६९.०४ विन्दुमा रहँदा पनि ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँको कारोबार भएको थियो । 

सोमबार १४८ कम्पनीका सेयरमूल्य बढेको छ भने ८५ को घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । 

आज १३ उपसमूहमा वाणिज्य बैंक, उत्पादन तथा प्रशोधन, लगानी र निर्जीवन बीमाबाहेकका सबै बढेका छन् । विकास बैंक उपसमूह सर्वाधिक १.३० प्रतिशतले बढेको छ ।  

सर्वाधिक नोक्सानीमा मानुषी लघुवित्तका लगानीकर्ता छन् । एनएमबि बैंक, सिंगटी हाइड्रो इनर्जी, माण्डू हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीका सेयर  धेरै घट्नेका सूचीमा छन् ।

आज सप्तकोशी विकास बैंक, पिपुल्स पावर र धौलागिरी लघुवित्तको सेयर सर्किटस्तरमा बढोत्तरी भएको छ ।  
 
सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज पनि शिवम् सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर १९ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै गुर्खाज फाइनान्सको १९ करोड ७८ लाख र सोनापुर मिनरल्सको १३ करोड ८ लाखको सेयर किनबेच भएको छ ।  
 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १६:८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया