आगलागीका कारण मृत्यु भएका भोजपुरका तीन बालबालिकाका परिवारलाई कोशी प्रदेश सरकारले प्रति परिवार १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री केदार कार्कीले सम्बन्धित प्रदेशसभा क्षेत्रका सांसदहरूसहित आगलागी भएको क्षेत्रमा पुगेर स्थगलत अवलोकन गर्दै पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
मंगलबार मुख्यमन्त्री कार्की प्रदेशसभा सदस्य विनोद बान्तवा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्र पुगेका थिए । त्यसक्रममा प्रदेश सरकारकातर्फबाट राहत वितरण गरे ।
३ चैतमा हतुवागढी–७ को पात्लेपानीमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको थियो । आगलागीले पाँच वर्षीय प्रतिश कार्की, सात वर्षीय दिप्सिका कार्की र तीन वर्षीय दिनेश कार्कीको मृत्यु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।