अर्थमन्त्री पुनको दाबी : आईटी सरकारको प्राथमिकता छ, ५ वर्षमा ५ खर्बको सफ्टवेयर निर्यात गछौँ
फाइल तस्बिर

अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि आईटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा उनले गत आर्थिक वर्षमा मात्र ७६ अर्ब बराबरको सफ्टवेयर निर्यात भएको अवस्था रहेको भन्दै आईटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने प्रतिवद्धता जनाए । 

फाइल तस्बिर

उनले युवालाई मुलुकभित्र स्वरोजगार बनाउने र युवा विदेश पलायनबाट रोक्ने गरी सरकारले कार्यक्रमहरू ल्याउने बताए । अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्नसक्ने अवस्था रहेको बताए । त्यहीअनुसार सरकारले युवालाई आईटीमा लगानी गर्ने योजना रहेको उनले बताए । 

अर्थमन्त्री पुनले हरेक वर्ष १० हजारभन्दा बढी नेपाली युवा आईटीमा काम गरिरहेको पनि दाबी गरे । उनले आईटी क्षेत्रले युवा विदेश पलायनको डरलाग्दो अवस्थालाई रोक्ने र देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोध बिना स्वतन्त्ररूपमा निर्यात गर्नसक्ने भएकाले प्रमुख प्राथमिकतामा सरकारले राखेको उल्लेख गरे । 

‘गत आर्थिक वर्ष ७६ अर्ब बराबरको सफ्टवेयरहरू निर्यात भएको छ । अहिले असाध्यै नयाँ क्षेत्र आएको छ । यो पनि आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरिएको छ । आगामी पाँच वर्षमा हामी ५ खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्नसक्ने अवस्था छ । योसम्बन्धी सेवाहरू निर्यात गर्न सक्छौँ । नेपालमा नै बसेर गर्न सक्ने अध्ययनले देखाउँछ,’ अर्थमन्त्री पुनले भने, ‘हरेक वर्ष १० हजार युवाहरू प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको रूपमा आइरहेका छन् । युवा विदेश पलायनको डरलाग्दो अवस्था देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोधबिना स्वतन्त्ररूपमा निर्यात गर्नसक्ने प्रविधिको क्षेत्रलाई प्राथमिकतामा सरकारले राखेको छ ।’   



फाइल तस्बिर

उनले सरकारले आईटी क्षेत्रबाहेक अन्य कृषि, ऊर्जा , शिक्षा र स्वास्थ्य न्यूनतम् दायित्वको रूपमा राज्यले प्राथमिकता दिए समय अनुकूल सुधार गर्ने काम गर्ने बताए ।



मन्त्री पुनले स्वास्थ्य शिक्षा सुधारको लागि विश्व विद्यालयको उपकुलपति राजनीतिक भागबण्डाभन्दा पनि प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात गरिएको दाबी गरे । उनले बजेट निर्माणलाई सबैको सहयोगमा सुधारको प्रयास भएको बताए । 

  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १३:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया