आयरल्याण्ड वुल्भ्ससँगको सिरिजका लागि नेपालको टी–२० र वानडे टिम घोषणा
फाइल तस्बिर

आयरल्याण्ड वुल्भ्ससँगको सिरिजका लागि नेपालको ‘ए’ टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विनोद भण्डारीको कप्तानीमा टी–२० र वानडे टोली घोषणा गरेको हो ।   

टिममा अर्जुन घर्ती, नारायण जोशी, विकास आग्रीलगायत खेलाडीले पहिलोपटक टिममा मौका पाएका छन् । टिममा अलराउन्डर कमल सिंह ऐरीले पनि पुनरागमन गरेका छन् ।  

नेपाल र आयरल्याण्ड वुल्भ्सबीचको टी–२० सिरिजको खेल यही २८, २९ र ३१ मार्चमा हुनेछ । यस्तै, यी दुई टोलीले ३, ५ र ७ अप्रिलमा एकदिवसीय श्रृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।  





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार १२:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया