आइपिएलमा गुजरातको विजयी सुरुवात, मुम्बई ६ रनले पराजित

गुजरात टाइटन्सले भारतमा जारी १७ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्सलाई ६ रनले हराउँदै गुजरातले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।   

मुम्बईले भने पहिलो खेलमा अपेक्षाकृत ब्याटिङ गर्न सकेन । गुजरातले दिएको १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

उसका लागि डेवाल्ड ब्रेभिसले ४६, रोहित शर्माले ४३, तिलक वर्माले २५, नमन धीरले २०, टिम डेविड र कप्तान हार्दिक पाण्ड्याले ११/११ रन जोडे । गुजरातका लागि मोहित शर्मा, अजमातुल्लाह उमरजाई, स्पेन्सर जोनसनले दुई/दुई तथा साई किशोरले एक विकेट लिए । 

त्यसअघि अहदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो । उसका लागि साई सुदर्शनले ४५, कप्तान शुभमन गिलले ३१, राहुल तेवटियाले २२, ऋद्धिमान साहले १९, अजमातुल्लाह उमरजाईले १७ र डेविड मिलरले १२ रन बनाए ।

मुम्बईका लागि जसप्रित बुहराहले तीन, जेराल्ड कोएत्जीले दुई र पियूष चावलाले एक विकेट लिए । आइतबार नै भएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई २० रनले हराएको थियो । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार ६:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया