जंगी अड्डा पुगेर रक्षामन्त्रीले गरे नेपाली सेनाको प्रशंसा

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाइराख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । 

सोमबार सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण गर्दै मन्त्री उप्रेतीले संवैधानिक दायित्व र समय क्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढंगबाट पूरागरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे । 

मन्त्री उप्रेतीले सेनाले राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पुर्याउँदै आएको बताए । 

मन्त्री उप्रेतीसमक्ष सेनाको संगठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि आवश्यक बताएका थिए । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १८:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया