फिफा विश्वकप छनोट : बहराइनसँगको दोस्रो लेगमा नेपाल ३-० ले पराजित

फिफा विश्वकप छनोटअन्तर्गतको दोस्रो चरणको चौथो खेलको दोस्रो लेगमा पनि नेपालले घरेलु टिम बहराइनसँग हार बेहोरेको छ । बुधबार बिहान बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले ३–० को हार बेहोरेको हो ।

बहराइनसँगको पहिलो लेगमा नेपाल ५–० ले पराजित भएको थियो । उक्त खेलमा नेपालले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल बेहोरेको थियो । दोस्रो लेगमा पनि नेपालले पहिलो हाफमै तीन गोलको सामना गर्‍यो । यद्यपि यसपटक दोस्रो हाफमा नेपालले गोल खान पुगेन ।  

बहराइनले सातौं मिनेटमै अग्रता लिएको थियो । उसका लागि पहिलो गोल सायद बाकेरले गरे । १७औं मिनेटमा बहराइनले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए । ३६औं मिनेटमा कोमाइल इलसवादले गोल गर्दै बहराइनलाई ३–० को अग्रता दिलाए । 

यो जितपछि बहराइनले ४ खेलबाट ९ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा छ । अंकविहीन नेपाल भने पुछारमा छ । नेपालले अब दोस्रो चरणको बाँकी दुई खेल जुनमा खेल्ने तालिका छ ।



नेपालले ६ जुनमा यूएई र ११ जुनमा यमनसँग खेल्ने तालिका रहेको हो । 



  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार ६:३०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया