महोत्तरीमा एसइईमा छात्रको तुलनामा बढी छात्रा सहभागी
फाइल तस्बिर

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट ४ हजार १ सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् ।  

सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या ३ हजार ९ सय ८ रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ । संस्थागत र प्राविधिक समूहतर्फ भने छात्रको सङ्ख्या बढी छ । 

जिल्लाका ३० संस्थागत विद्यालयबाट एसईईमा ४ सय ७७ छात्र सहभागी छन् । जसमा छात्राको सङ्ख्या २ सय ९७ मात्र छ । यसैगरी प्राविधिक समूहतर्फ पनि छात्र बढी छन् । प्राविधिक समूहतर्फ ३ सय २६ छात्र र छात्रा १ सय ५८ छन् ।

जिल्लाका १ सय २ सामुदायिक तथा ३० संस्थागतसमेत १ सय ३२ माध्यमिक विद्यालयका जम्मा ९ हजार ४ सय ३१ परीक्षार्थी एसइईमा सामेल भएका छन् । परीक्षार्थीमध्ये छात्र चार हजार सात सय ७० र छात्रा ४ हजार ६ सय ६१ रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रतिभा साहले जानकारी दिए । रासस





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १०:४५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया