एञ्जिलाको जीवनीमा बन्यो ‘अञ्जिला’, माघ ११ मा प्रदर्शन
फाइल तस्बिर

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण गरिएको छ । उक्त चलचित्र आउँदो वर्षको ११ माघमा प्रदर्शन गर्ने तय गरिएको छ । 

‘अञ्जिला’का निर्देशक मिलन चाम्सले इलामको आइतबारे आसपासमा छायाङ्कन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा स्वयम् खेलाडी सुब्बाले नै अभिनय गरेकी छन् । दर्शक र खेलाडीका लागि प्रेरणाको स्रोत बन्न सक्ने भएकाले सो चलचित्र निर्माण गरिएको निर्देशक चाम्सले बताए । 

‘प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ । एञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहे पनि प्रस्तुतीकरण चलचित्रकै शैलीमा छ’, निर्देशक चाम्सले भने । उनले सार्वजनिक प्रदर्शन अगाडि बेलायत, हङकङलगायतका ठाउँमा प्रथम प्रदर्शनी गरिने जानकारी दिए । 

दुवै आँखाको ज्योति गुमाएर पनि धेरैको जीवन जिउने प्रेरणा बन्न सफल भएकी सृष्टि केसीको जीवनीमा ‘ब्लाइड रक्स’ चलचित्र निर्देशन गरेका निर्देशक चाम्सले ‘अञ्जिला’​ तयार पारेका हुन् । 

उक्त चलचित्रमा खेलाडी सुब्बासँगै अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतका कलाकारले अभिनय गरेका छन् । सो चलचित्रमा यम थापाले लेखन, मिलन श्रेष्ठले सम्पादन र सुदीप बरालले छायाङ्कन निर्देशन गरेका छन् । 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १४:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया