युवाको निराशा चिर्न र सरकारप्रति जनताको भरोसा जगाउन चुनौती छ, यसको सामना गर्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जनतामा भएको निराशा चिर्न र सरकारप्रति भरोसा जगाउने कार्य मुख्य चुनौती भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गरेका प्रधानमन्त्री दाहालले युवा वर्गको भरोसा जगाउने गरी काम गर्नु अहिलेको सरकारको मुख्य चुनौती भएको बताए । 

उनले भने, ‘समाजमा विशेषतः युवाहरूमा प्रकट भइरहेको नैराश्यता र नकारात्मक सोचमा परिवर्तन गर्नु छ, सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती हो, यसको सामना गर्नु छ । ’

बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजनाको निर्धारित लागत र समय सीमा भित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । 
दाहालले राष्ट्रिय योजना आयोगको संयोजकत्वमा आयोजनाहरूको संयुक्त अनुगमनमार्फत प्राप्त पृष्ठपोषणलाई तत्काल कार्यान्वयन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको दाहाल सचिवालयले जनाएको छ ।

यस्तै दाहालले विकास निर्माणका काममा भएको ढिलासुस्तीलाई चिर्न राम्रो गर्नेलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने तथा नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्न सकिने जिकिर गरेका छन् । 

‘कुण्ठा र निराशालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ, यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष आग्रह गर्दछु’ दाहालले भने । 



दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढ र सबलीकरणको लागि तीन तहका सरकारको बीचमा प्रभावकारी समन्वय कायम गर्न संविधानमा उल्लेखित एकल तथा साझा अधिकारका विषयमा नेपाल सरकारको कार्य विस्तृतिकरण प्रतिवेदनलाई परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा पुगेको बैठकमा जानकारी गराएका छन् । 



  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १५:१५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया