उत्तरपुस्तिका हराएपछि त्रिविले बनायो उच्चस्तरीय छानबिन समिति

उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । 

परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं ४२२) र शिक्षा शास्त्र संकायतर्फको शिक्षाको आधार विषय (कोड नं ४१२)का उत्तरपुस्तिकाहरू हराएको थियो । 

पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा बिहीबार तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको हो । 

समितिलाई ३० दिन भित्र प्रतिवेदन पेस गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले निर्देशन दिएको छ । 

उत्तरपुस्तिका हराएपछि ती विषयका परीक्षाहरू यही चैत २१ गते सञ्चालन हुने गरी त्रिविले सूचनासमेत प्रकाशित गरिसकेको छ । 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार २१:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया