नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सले आज टी–२० शृंखलाको पहिलो खेल खेल्ने

घरेलु मैदानमा हुने तीन खेलको टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दै छ । यसअघि बिहीबार सुरु हुने तालिका रहेको सिरिज वर्षाको कारण टस नै नगरी रद्द भएको थियो । 

आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’सँग तीन टी–२० र तीन ओडी खेल खेल्ने तालिका छ । सिरिजको पहिलो खेल वर्षाको कारण बिहीबार रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो। नयाँ तालिकाअनुसार आज नेपाल र उल्भ्सले पहिलो खेल्दै छन् । शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन्।

यसअघि आयरल्याण्ड उल्भ्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्याण्ड उल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ। 

उल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन्। 





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार ८:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया