आइपिएलमा दिल्ली क्यापिटल्सलाई हराउँदै राजस्थान रोयल्सको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकाल्दा दिल्ली क्यापिटल्सले दोस्रो हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको हो । 

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा दिल्ली ५ विकेट गुमाएर १७३ रनमा रोकियो । पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसकेको राजस्थानको पारिलाई रियान परागले नटआउट ८४ रन बनाउँदै उकासेका थिए ।

यशस्वी जयसवाल ५ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । ५.२ ओभरमा ३० रन बनाएका बेला कप्तान सन्जु सामसन १५ रन बनाएर आउट भए । लगत्तै जोस बटलर पनि व्यक्तिगत ११ रन जोडेर आउट हुँदा राजस्थानले ७.२ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको थियो । त्यसपछि रियान पराग र रविचन्द्रन आश्विन मिलेर अघि बढाए । 

यी दुईले ३७ बलमा  ५४ रनको पारि खेले । आश्विन १९ बलमा २९ रन बनाएर चौथो विकेटको रुपमा आउट भए । त्यसपछि रियान र ध्रुव जुरेलले २३ बलमा ५२ रनको साझेदारी गरेपछि राजस्थान पनि ठूलो स्कोरतर्फ अघि बढेको थियो । जुरेल १२ बलमा २० रन जोडेर आउट भएका थिए । 

अन्तिम १६ बलमा रयान पराग र सिमरोन हटमायर नटआउट ४३ रनको साझेदारी गरे । ७ बलको सामना गरेका हटमायरले नटआउट १४ रनको जोड्दा परागको नटआउट ८४ रनको अर्धशतकीय पारि नै राजस्थानका लागि ठूलो राहत बन्न पुगेको थियो । रियानले ४५ बलमा छ छक्का र सात चौका प्रहार गरे । 

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोट्जे, अक्षर पटेकल र कुलदीप यादवले समान एक/एक विकेट लिए । 





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार ८:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया