अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन नेल्सनले राजीनामा दिइन्

अमेरिका– अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन नेल्सनले राजीनामा दिएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिस्जेन नेल्सनलाई उनको सेवाका लागि धन्यवाद दिए तर किन राजीनामा दिएको भन्ने विषयमा केही बोलेनन् । 

अमेरिकामा दक्षिणी सीमाबाट आउने प्रवासीलाई रोक्न असफल हुँदा उनी निराश थिइन् । तर नेल्सनले राजीनामा दिनुको कुनै कारण उल्लेख गरेकी छैनन् । 

डोनाल्ड ट्रम्पले हालै गृह सुरक्षा विभागको जिम्मेवारी कस्टम एन्ड बोर्डर कमिश्नर केविन म्याकअलिननले सम्हाल्ने बताएका छन् । 

 

को हुन क्रिस्जेन नेल्सन 



क्रिस्जेन नेल्सन २०१७ देखि ट्रम्प प्रशासनमा थिइन् । उनलाई होमल्यान्ड सेक्युरिटी प्रमुख जोन केलीको असिटेन्टको जिम्मेवारी दिइएको थियो । 

जोन केली ह्वाइट हाउस गएपछि नेल्नसलाई उनकाे डेप्युटी बनाइएको थियो । पछि उनी होमल्यान्ड सेक्युरिटी प्रमुख भएर पुरानो विभागमा फर्किएकी थिइन् । 



नेल्सनले आप्रवासीका बच्चालाई अभिभावकबाट अलग राख्ने ट्रम्पको निर्णय समर्थन गरेकी थिइन् । ट्रम्पले जबरजस्ती देशभित्र प्रवेश गर्ने आप्रवासीलाई जेल सजाय हुन सक्ने भएकाले बच्चाहरु अलग राख्नुपर्ने बताएका थिए । 

२०१८ को जुनमा वांसिग्टन डिसीको एक म्याक्सिकन रेष्टुरेन्टमा खाना खानेका समयमा आप्रवासीविरुद्धको निर्णय परिवर्तनका लागि दबाव दिन प्रदर्शन गरिएको थियो । यसपछि नेल्नसले आफू दिनरात यसका लागि काम गरिरहेको भन्दै ट्विट गरेकी थिइन् । 

पछिल्लो समय नेल्सनको ट्रम्पसँग सम्बन्ध त्यति राम्रो नरहेको र उनी सार्वजनिक रुपमा पनि प्रशासनप्रति बफादार नरहेको बताइएको छ । 

 

  • प्रकाशित मिति : चैत २५, २०७५ साेमबार ११:८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया