विमानस्थलका अधिकारीलाई तालिम दिनु पर्ने प्रधानमन्त्री ओलीको ठहर

काठमाडौं–  बुधबार नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलका कर्मचारीलाई तालिम दिनु पर्ने बताएका छन् । 

नेपाल घुम्न आउने पर्यटकको सकारात्मक दृष्टिकोण विकास गर्न विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार गर्नु पर्ने प्रधानमन्त्री ओलीले बताएका हुन् । विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुनभन्दा बाहिर गएर व्यवहार गर्ने गरेकाले पर्यटकको नेपालप्रति नै नकारात्मक सोच विकास भएको प्रधानमन्त्रीले बताएका हुन् । 

‘विमानस्थलका कर्मचारीलाई तालिम दिनुपर्छ,’ ओलीले भने, ‘विमानस्थलमा देशको इमेज बिग्रने व्यवहार गर्नुभएन, त्यहाँ त सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो ।’

प्रधानमन्त्री ओलीले भ्रमण वर्ष भव्यताका साथ सफल बनाउनसबैलाई जुट्न समेत निर्देशन दिएका छन् । 





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १८:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया