भारतका १४ शहर विश्वकै सबैभन्दा प्रदूषित

काठमाडाैं– विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको तथ्यांकमा विश्वभरका सबैभन्दा प्रदूषित १५ शहरमध्ये १४ वटा शहर भारतका रहेका छन् । यी शहरको वायु प्रदूषणको अवस्थाका बारेमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । 

यो सूचीमा सबैभन्दा प्रदूषित शहर कानपुर रहेको छ । त्यस्तै दोस्रो स्थानमा हरियाणाको फरिदाबाद र तेस्रो नम्बरमा वाराणसी छ । दिल्लीको एक वातावरणीय संस्थाका अनुसार वाराणसी इन्फ्रास्ट्रक्चरमा बढी ध्यान दिइरहेको छ । बढ्दो कन्स्ट्रक्सनका कारण यहाँको हावाको अवस्था बिग्रिएको हो । 

उक्त सूचीमा बिहारको गया चौथो, पटना पाँचौं नम्बरमा रहेका छन् । दिल्ली छैठौं र उत्तरप्रदेशको राजधानी लखनउ सातौं स्थानमा छन् । 

यो सूचीमा भारतका अन्य शहरहरु आगरा, मुजफ्फरपुर, श्रीनगर, गुरुग्राम, जयपुर, पटियाला र जोधपुर पनि परेका छन् । चारवटा शहर उत्तरप्रदेशका छन् ।

अत्याधिक वायु प्रदूषणका कारण यी शहरहरुमा विभिन्न रोगको संक्रमण फैलिइरहेको छ । वाराणसीका चिकित्सक र स्थानीयका अनुसार पछिल्ला केही वर्षपहिले एलर्जीको संक्रमण शुन्य थियो तर अहिले एलर्जी निरन्तर फैलिरहेको छ । 



प्रदेश र स्थानीय सरकारले प्रदूषण नियन्त्रण गर्न खासै कदम उठाएको नदेखिएको डब्ल्युएचओको रिपोर्टमा उल्लेछ । 

एयर क्वालिटी इंडेक्समा हावाको स्थिति ० देखि ५० को बीचमा हुनु राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सन्तोषजनक, १०१ देखि २०० सम्म कामचलाउ, २०१ देखि ३०० सम्म खराब, ३०१ देखि ४०० सम्म धेरै खराब र ४०१ देखि ५०० सम्म गम्भीर मानिन्छ । 



क्लाइमेट ट्रेन्डसका अनुसार २०१४–२०१९ का बीच राजनीतिक पार्टीका नेताले हावाको गुणस्तरको विषयमा कुनै छलफल नै गरेको पाइँदैन । यो मुद्दामा जनप्रतिनिधिहरुले लापरवाही गरिरहेकाे आराेप भारतीयकाे छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांकमा १५ शहरमध्ये क्यामरुनको बमेन्डा आठौं स्थानमा रहेको छ । 

  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार ९:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया