समता स्कुलले पायो वर्ल्ड बुक अफ रेकर्ड्स प्रमाणपत्र

समता स्कुल काठमाडौंले ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ प्रमाणपत्र पाएको छ । लण्डनस्थित वर्ल्ड बुक अफ रेकर्ड्सबाट प्राप्त उक्त प्रमाणपत्र प्रधाननमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई हस्तान्तरण गरेका छन् ।

सोमबार बिहान बालुवटारमा आयोजित कार्यक्रममा ओलीले समता फाउन्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १ सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई गुन लगाएको बताए ।

राज्यले लिनु पर्ने दायित्व सो स्कुलले लिएको भन्दै उनले समता टिमलाई धन्यवाद दिए । अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब नरहेको प्रधानमन्त्रीको टिप्पणी थियो । 

कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि उपस्थित थिए । 





  • प्रकाशित मिति : वैशाख २, २०७६ साेमबार १४:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया