‘लुट्न सके लुट कान्छा’ गीतका गायक पशुपति शर्माले राष्ट्रपतिको हातको पदक बहिस्कार गरेकै हुन् ?

काठमाडौं– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदक पाउने सूचीमा गायक पशुपति शर्माको नाम पनि समावेश गरेको थियो । तर, शर्मा पदक थाप्न शीतल निवास गएनन् । 

गृह मन्त्रालयको सूचीका आधारमा राष्ट्रपतिले विभिन्न विधामा योगदान पुर्याएका व्यक्तिलाई विभिन्न पदकले सुशोभित गरिन् । पदक पाउनेको सूचीमा गायक शर्माको नाम भए पनि उनी पदक थाप्न नजानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

केही महिनाअघि शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत सार्वजनिक गरेका थिए । उनको गीत एक दिनमै सामाजिक सञ्जालमा लाखौँले हेरेर सेयर गरेका थिए । सरकारले सो गीतमा प्रतिबन्ध लगाउने चर्चा चलेपछि गायक स्वयंले सो गीत युट्युबबाट हटाएका थिए ।  

गृह मन्त्रालयले पदक पाउने सबैलाई विभिन्न सञ्चारमाध्यममार्फत जानकारी गराइएको बताए पनि गायक शर्माले भने आफूले पदक पाउनेबारे कुनै जानकारी नपाएको बताए ।  






  • प्रकाशित मिति : वैशाख ३, २०७६ मंगलबार १४:२४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया