सामाजिक सद्भाव कायम राख्न रेष्टुरेन्टमा गीत गाउँछन् यी प्रहरी

अमेरिका– प्रहरीहरुकाे मुख्य उद्देश्य समाजमा सुरक्षा कायम राख्नु हाे तर न्युयाेर्ककाे बफेलाेमा तैनाथ दुई प्रहरी रेष्टुरेन्टमा गीत गाउँछन् । उनीहरुकाे उद्देश्य चाँहि सामाजिक सद्भाव कायम राख्नु हाे। उनीहरु विभिन्न माध्यमबाट सर्वसाधरणकाे नजिक हुन चाहन्छन् । गीत गाउँछन्,बच्चासँग खेल्छन् । 

माइकल नारवुड र बेजर एक रेष्टुरेन्टमा प्राेफेशनल गायकले जस्तै गीत गाउँछन् । उनीहरु दुवै प्रहरी कर्मचारी हुन् । यिनीहरुकाे म्युजिकल जाेडीकाे धेरै अमेरिकी फ्यान छन् ।

नारवुड भन्छन् ‘मानिसहरु सधैं तपाईंहरु गीत गाउन छाेडेर कहिले काम गर्नुहुन्छ भनेर साेध्छन् तर हामीलाई यही काम मन पर्छ ।’ 

मानिसहरु यी दुई प्रहरीलाई सिंगिंग कप्स भन्छन् । नारवुड र बेजर आफ्नाे गीतले समाजलाई एकजुट बनाउने बताउँछन् । दुवैले एक कार्यक्रम कप्स (सीओपीएसएस) पनि सुरु गरेका छन्, जसबाट उनीहरु प्रहरीकाे पारम्परिक छवि बाहिर निकाल्न चाहन्छन् । 

नारवुड र बेजर गीत गाउने मात्रै हाेइन बच्चासँग पनि बास्केटबलजस्ता खेल खेल्छन् । 

उनीहरु भन्छन् ‘हाम्राे क्रियाकलापले मानिसहरुमा परिवर्तन आएकाे छ । स्कुल पढ्ने बच्चाहरु पनि प्रहरीलाई राम्राे मान्न थालेका छन् । पहिला उनीहरु प्रहरीसँग डराउँथे, अहिले हाम्राे नजिक आउँछन् । प्रहरीलाई इमान्दार भन्दैनन्, हामी याे धारणा हटाउन चाहन्छाैं र सामाजिक सद्भाव कायम गर्न चाहन्छाैं ।’





  • प्रकाशित मिति : वैशाख ६, २०७६ शुक्रबार १२:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया