पाचौँ एनिभर्सरीकै दिन आर्यन दम्पतीलाई पुत्र लाभ

काठमाडौं– नेपाली फिल्मका अभिनेता आर्यन सिग्देललाई पुत्रलाभ भएको छ । ठीक पाँच वर्षअघि २०७१ वैशाख ६ गते बिहे गरेका आर्यन र सपना भण्डारीलाई पाचौँ एनिभर्सरीकै दिन पुत्रलाभ भएको हाे । 

सपनाले चिरायु नेसनल अस्पतालमा २.९ केजी तौलको छोरा जन्माएकी हुन् । चिरायु अस्पतालकी डाक्टर विनिता बस्नेतको टिमले अप्रेसनमार्फत उनको डेलिभरी गराएको हो ।

पाँच वर्षअघिसम्म नेपाली चलचित्रमा एकलजस्तै राज गरेका सिग्देलको पछिल्लो फिल्म ‘कायरा’ हो । उनी अहिले सामतेन भुटिया निर्देशित ‘चचहुइको सुटिङ गरिरहेका छन् ।  

एक महिनाअघि आर्यन र सपनाले ‘बेबी सोअर गरेर सामाजिक सञ्जालमा राखेको फोटो भाइरल भएको थियो । आर्यन र सपनाको जोडीलाई अहिले सामाजिक सञ्जालमार्फत शुभचिन्तकले बधाई दिइरहेका छन् । 





  • प्रकाशित मिति : वैशाख ६, २०७६ शुक्रबार १५:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया