प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

काठमाडौं– निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया नियुक्त भएका छन् । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रहेका थपलियालाई सरकारले प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा २४५ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् । थपलियाको नाम बुधबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

राष्ट्रपति भण्डारीले शुक्रबार नै राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गरेकी छन् ।





  • प्रकाशित मिति : वैशाख ६, २०७६ शुक्रबार १९:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया