हरेक साल विदेश गएर किन थेरापी लिन्छन् अक्षय कुमार ?

मुम्बई– बलिउड अभिनेता अक्षय कुमार जर्मनीबाट हाइड्रोथेरापी गराएर फर्किएका छन् । भारतीय मिडिया रिपोर्टका अनुसार उनी हरेक साल गर्मी महिनामा हाइड्रोथेरापी लिन विदेश जान्छन् । 

खासमा, ५१ वर्षीय अभिनेता अक्षय कुमार कुनै रोगका कारण नभई आफूलाई फिट राख्नकै लागि यो थेरापी लिन्छन् । मार्सल आर्टका मास्टर अक्षय आफ्ना फिल्मका सबैजसो स्टन्ट आफैँ गर्न रुचाउँछन् । उनी बलिउडका सबैभन्दा चुस्त–दुरुस्त कलाकारमध्ये एक हुन् । 

५१ वर्षको उमेरमा पनि उनी हमेसा रिस्क लिन तयार हुन्छन् । ‘खतराका खेलाडी’ अक्षयले पछिल्लो फिल्म केसरीमा पनि रोप क्लाइम्बिङलगायत खतरनाक एक्सनहरु आफैँ गरेका थिए । 

पछिल्लो समय थकान र डिप्रेसन हटाउन हाइड्रोथेरापी विश्वभर चर्चित छ । यसमा पानीको माध्यमबाट समस्याहरुको उपचार गरिन्छ । 

आजको भागदौडपूर्ण जिन्दगीमा हाइड्रोथेरापी काममा धेरै व्यस्त रहने जोकोहीका लागि थकान र तनाव मेटाउने माध्यम बनेको छ । यसले मांसपेशीलाई ‘रिसेट’ गर्छ, र शरीरलाई चुस्त र फुर्तिलो राख्छ । 



रिपोर्टअनुसार बलिउड तथा हलिउडका एक्सन गर्न रुचाउने धेरैजसो कलाकार हाइड्रोथेरापी लिन्छन् । 

सधैँझैँ अहिले पनि अक्षय कुमारका अगाडि फिल्मको चाङै छ । यतिखेर उनी सूर्यवंशी, मिसन मंगल, गुड न्युज र हाउसफुल–४ को काममा व्यस्त छन् ।



  • प्रकाशित मिति : वैशाख ७, २०७६ शनिबार १४:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया