सनी देवल भाजपामा सामेल, कहाँबाट लड्लान् चुनाव ?

एजेन्सी– बलिउड अभिनेता सनी देवल भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् । उनले दिल्लीका रक्षामन्त्री र रेलमन्त्रीबाट भाजपा प्रवेशकाे टिकट लिएका हुन् । 

उनलाई सदस्यता दिँदै पियुष गाेयलले भने, 'उनले आफ्नाे फिल्ममा सधैं सुरक्षाा बलकाे हिम्मत बढाइरहेका छन्, अब देशका युवाका लागि प्रेरणा भएर काम गर्ने छन् ।'

पत्रकार सम्मेलन गर्दै भाजपामा प्रवेश गरेका सनीलाई कार्यक्रममा सोधियो– के निर्वाचन पनि लड्दै हुनुहुन्छ ? 

यो प्रश्नको उत्तर सनीले दिएनन् । बरु पियूष गोयलले भने, ‘योबारे पार्टीले नै फैसला लिनेछ ।’

यो पत्रकार सम्मेलनमा कार्यक्रम चलाइरहेका व्यक्तिले भने, ‘त्यसो त सनीजी बोल्न कम र काम बढी गर्न विश्वास राख्नुहुन्छ, तर म उहाँलाई ढाई किलो वाला भाषण दिन अनुरोध गर्छु ।’

‘जसरी मेरो बुवा यो परिवारसँग, अटलजीसँग जोडिनु भएको थियो, म पनि यहाँ मोदीजीसँग जोडिन आएको छु । उनले देशका लागि धेरै गरेका छन्, हाम्रा सेनालाई मोदीजस्ता मानिसको आवश्यकता छ,’ सनीले भने । 



अभिनेता सनी देवल पन्जाबबाट उम्मेदवार हुनसक्ने अनुमान गरिएको छ । त्यहाँबाट यसअघि अभिनेता विनोद खन्ना चुनावमा उठ्ने गर्थे । विनोदको निधनपछि यो ठाउँबाट कांग्रेसका सुनील जाखडले जित्ने गरेका थिए ।

सनीका बाबु अभिनेता धर्मेन्द्र पनि सन् २००४ देखि २००९ सम्म राजस्थानबाट भाजपाका सांसद् थिए । 



सनी देवल आफ्नो समयका बलिउडका अत्यन्त धेरै रुचाइएका अभिनेता हुन् । सन् १९८२ मा उनले पहिलो फिल्म बेताबमा काम गरेका थिए । दामिनी, गदर, हिरो उनका बहुचर्चित फिल्म हुन् । 

  • प्रकाशित मिति : वैशाख १०, २०७६ मंगलबार १३:१५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया