श्रीलंका हमलाबारे भारतलाई पहिले नै थाहा थियो

एजेन्सी– आइतबार श्रीलंकामा भएको शृङ्खलाबद्ध विस्फोटबारे भारतीय खुफिया एजेन्सीलाई पहिले नै थाहा भएको र भारतीय जासूसी संस्थाले यसरबारे श्रीलंकालाई जानकारी दिएको समाचार आएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार भारतीय जासूसी संस्थाले श्रीलंकाली अधिकारीहरुलाई दुई घन्टा पहिले यी विस्फोटबारे जानकारी दिएका थिए । 

रोयटर्सले सुत्रको हवाला दिँदै भारतीय अधिकारीले श्रीलंकाली अधिकारीलाई यसबारे पहिले नै जानकारी दिएको बताएका छन् । अर्को एउटा सूत्रले पनि शनिबार नै भारतले श्रीलंकालाई यसबारे जानकारी दिएको समाचार दैनिक भास्करले लेखेको छ । यस्तो चेतावनी ४ अप्रिलमा पठाइएको समाचारको दाबी छ । 

तर, यसबारे भारतीय विदेश मन्त्रालय तथा श्रीलंकाली राष्ट्रपति कार्यालय दुवैले केही बताएका छैनन् । श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाको कार्यालयले चाहिँ आफूहरुलाई यो आक्रमणबारे कुनै जानकारी नआएको बताएको छ । श्रीलंकामा भएको विस्फोटको जिम्मेवारी भने इस्लामिक स्टेटले लिएको छ । मंगलबार एक विज्ञप्ति निकाल्दै आइएसले यो जिम्मेवारी लिएको हो । 

आइतबारको शृङ्खलावद्ध विस्फोटपछि श्रीलंकामा आपत्कालीन लगाइएको छ भने भारतले पनि श्रीलंकासँग जोडिएको समुद्री क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।





  • प्रकाशित मिति : वैशाख ११, २०७६ बुधबार ७:२९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया