सिके राउतका संगठनका कार्यकर्तामाथिको मुद्दा फिर्ता प्रक्रिया सुरु

काठमाडौं– सरकारले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित उनको संगठनका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता गर्ने भएको छ ।  सो प्रक्रियाका लागि जनमत पार्टीका नेता चन्दन सिंहले मुद्दा लागेका नेता तथा कार्यकर्ताको सूची गृहमन्त्रालयमा बुझाएका छन् ।

गृह मन्त्रालयका सचिव  प्रेमकुमार राईलाई बुझाइएको सूचीमा ३ सय ५० भन्दा बढीको नाम समावेश छ । जिल्ला प्रशासन र प्रहरीबाट आएका तथ्यांकलाई मिलाएर केही दिनभित्रै सबै मुद्दा फिर्ता हुने प्रतिबद्धता  गृह सचिव राईले व्यक्त गरेका छन् ।

डा. राउतसहित उनका कार्यकर्तामाथि राज्य विप्लवको मुद्दा रहेको छ । नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनबीचको ११ बुँदे सहमतिअनुसार मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढेको हो । 





  • प्रकाशित मिति : वैशाख ११, २०७६ बुधबार १७:५५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया