बालुवाटार जग्गा प्रकरण : विष्णु पौडेलको बचाउमा बाेले प्रधानमन्त्री

काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा दोषी आरोपित नेकपा महासचिव विष्णु पौडेलको प्रधानमन्त्री केपी शर्मा ओलीले बचाउ गरेका छन् । मंगलबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताए । 

राजाको शासनका वेला पौडेलले जमिन किनेको र उनले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी ओलीले गरेका छन् । पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन, जालझेलभित्र पर्छ कि पर्दैन, हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए ।

पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने बताएका छन् ।





  • प्रकाशित मिति : वैशाख १७, २०७६ मंगलबार १५:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया