परीक्षामा अमर्यादित कार्य गर्ने ७ निरीक्षकसहित १७ जना निष्काशित

रौतहट – कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनको क्रममा अमर्यादित कार्य गर्ने ७ निरीक्षकसहित १७ जना निष्काशित भएका छन्।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षामा बिहीबार आफ्नो कर्तव्य निर्वाह नगर्ने दुई केन्द्रका ७ जना निरीक्षक निष्काशित भएका हुन्। परीक्षा अनुगमन समितिले सुवलाल माध्यमिक विद्यालय सन्तपुर र जय किसान माध्यमिक विद्यालय धरहरी केन्द्रमा गरी जिल्लामा ७ निरीक्षक निष्काशित गरेकाे हाे । 

समितिले सुवलाल मावि केन्द्रबाट तीन तथा जय किसान मावि केन्द्रबाट चार जना निरीक्षकले आफ्नो कर्तव्य निर्वाह नगरेको भन्दै निष्काशन गरेको छ। यसैगरी सुवलाल केन्द्रबाट चार छात्र र पाँच छात्रासहित नौजना परीक्षार्थी निष्काशित भएका छन्।

 

 





  • प्रकाशित मिति : वैशाख २०, २०७६ शुक्रबार ७:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया