जापानका प्रधानमन्त्री सिन्जोले आफैं लगाए डुअर नकर [भिडियाे]

एजेन्सी– स्वच्छ राजनीति गरिरहेका स्पष्ट वक्ताका रुपमा चिनिन्छन् जापानी प्रधानमन्त्री सिन्जो अबे । अन्तर्राष्ट्रिय नेताहरुसँगको सुमधुर सम्बन्ध र जापानी नागरिकहरुको विश्वास जितिरहेका अबे प्रायः राजनीतिक कार्यक्रमहरुमा नै बढी देखिन्छन् । तर, शुक्रबार उनको नयाँ रुप देखियो । उनले आफ्नो घरको ढोकामा ढकढक गर्नका लागि डुअर नकर आफैं लगाइरहेका थिए । 

क्यानडा यात्रामा त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले अबेलाई यो उपहार दिएका थिए । क्यानडाको क्युबेक सहरमा हस्तकलाका कालिगढहरुले बनाएको यो डुअर नकर सिन्जोले ढोकामा लगाइरहँदा उनकी श्रीमती अकीले भिडियो बनाएकी छिन् । यो भिडियो अबेको इन्स्टाग्राममा सेयर गरिएको छ । यसलाई अहिलेसम्म डेढ लाखले हेरिसकेका छन् ।

 

  • प्रकाशित मिति : वैशाख २२, २०७६ आइतबार ९:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया