प्वाल–प्वाल टालेर सुन तस्करी बन्द गरियो : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी बन्द भएको बताएका छन् । मंगलबार संसद्मा नीति तथा कार्यक्रममाथि सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिंदै  प्रधानमन्त्री ओलीले प्वाल–प्वाल टालेर सुन तस्करी बन्द गरिएको बताएका हुन् । 

उनले भने, ‘सुन तस्करी बन्द भयो । पहिले–पहिले चलिरहेको थियो । अहिले प्वाल–प्वाल टालेर सुन तस्करी बन्द गरियो । तस्करीहरू अहिले जेलमा छन् ।’ 

अहिलेसम्म ३८ किलो सुन तस्करी भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले त्यो ३८ किलो सुन कहाँ गयो त्यो पहिलेको सरकारलाई थाहा हुनुपर्ने बताए । 

उनले भने, ‘सुन तस्करी पहिले ३८ क्वीन्टल भएको रहेछ । कहाँ गयो त्यो पहिलेको सरकारलाई थाहा होला ।’ 






  • प्रकाशित मिति : वैशाख २४, २०७६ मंगलबार १४:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया