कन्ट्रयाक्टर्सले सम्झौता पालना नगरेको रिजालको आरोप

काठमाडौँ– मानसरोवर इन्जिनियरिङ कन्सर्नका प्रबन्ध निर्देशक अजय रिजालले सम्झौताअनुसारको करयोग्य हिसाबकिताब पारदर्शी भई युनाईटेड बिल्डर्सडाँफे/सुनौला खिम्ती जे भीबाट सरकारले आफूलाई बिल रकम भुक्तानी शिघ्र दिलाइदिनुपर्ने माग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिजालले यस्तो माग गरेका हुन् । 

मानसरोवर इन्जिनियरिङ कन्सर्न प्रा.ली.ले विद्युतका कार्य सम्झौताअनुसार गरेकोले हालसम्म अनुमोदित बिल रकमको भुक्तानी पारदर्शी भई प्राप्त हुनुपर्ने करयोग्य रकम यथाशिघ्र दिलाईदिन रिजालले सरकारसँग माग गरेका हुन् । 

उनले भने, ‘यहीअन्तर्गत टिडिएस, रिटेन्शन, मेन कन्ट्रयाक्टर्स ओभरहेड तथा करयोग्य भुक्तान भएको पेश्की रकमसमेत कटाई करविजक जारी गरि–गराई हुन आउने सम्झौताबमोजिमको सम्पूर्ण नगद रकम प्राप्त नहुँदा अनाहकको झन्झट, आर्थिक दुरावस्था, काममा असर, मजदुरा, पार्टी, सरोकारवाला, सहयोगी तथा सल्लाहकार सबैलाई भुक्तानी गर्नुको साथै कर फछ्र्यौट गर्न नसकेको कारण हामीले आर्थिक कठिनाई झेल्नुपरेको छ ।’ 

उनले सो जेभीले तीन वर्षअघि जारी भएको करविजकअनुसार कट्टा गरेको १.५ प्रतिशत टिडिएस बुझाए वा नुझाएकोबारेमा समेत मैले धेरै पटक माग गरे । 

तर, उसले नदिएपछि म आँफैले नगद भुक्तान गरि सो बापतको रकम स्वयमले व्यहोर्नुपर्यो । यही कारणले विद्युतीकरणजस्तो संवेदनशील व्यवसायमा समेत अपुरणीय क्षति भएको उनको भनाई छ । 

आफूहरूले पटक–पटक भुक्तानीको लागि मुख्य कन्ट्रयाक्टर्ससँग अनुरोध तथा आग्रह गर्दापनि कुनै सुनुवाई नभएको भन्दै रिजालले गुनासो पोखे । 



सम्झौताको पूर्ण पालना नगर्दा आफूहरु ठूलो मारमा परेको पनि उनले स्पष्ट पारे । 

उनले घाटा खाएर र दुःख पाएर सम्झौताबमोजिम काम गर्दै मुख्य कन्ट्रयाक्टरलाई ओभरहेड दिने भएतापनि मुख्य कन्ट्रयाक्टरले भुक्तानी दिई विजक जारी गराउन नचाहेको आरोप लगाए । 
 



  • प्रकाशित मिति : वैशाख २५, २०७६ बुधबार १०:२३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया