प्रधानमन्त्री ६ दिने भ्रमका लागि भियतनाम प्रस्थान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमका लागि बिहीबार भियतनाम प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू र  उच्च पदस्त व्यक्तिहरूले प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

ओलीको भ्रमणको सुरुवात भियतनामबाट हुनेछ । ३० गतेसम्म भियनतामको भ्रमण सकाएर ३० गते नै उनी कम्बोडिया लाग्नेछन् । कम्बोडियामा उनले आफ्ना समकक्षी हुन सेन, नेसनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको साथमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि भ्रमणमा सहभागी छन् ।
 
दुवै देशको भ्रमणमा रहँदा प्रधानमन्त्रीले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।
 





  • प्रकाशित मिति : वैशाख २६, २०७६ बिहीबार १५:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया