सरकारी विद्यालयको शिक्षा गुणस्तरीय : देउवा

धनगढी– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी विद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । त्यही सरकारी विद्यालय पढेरै आफू यो स्थानसम्म आइपुग्न सफल भएको उनले बताए ।

आफूले पढेको सीताराम माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सव समारोहमा अतिथिका रूपमा पुगेका देउवाले सरकारी विद्यालयको गुणस्तरीय शिक्षाले नै आफू नेपालको प्रधानमन्त्री बन्न सम्भव भएको बताए । देउवाले डोटीस्थित सीताराम माध्यमिक विद्यालयबाट २०१९ सालमा एसएलसी पास गरेका थिए।

विद्यालयको हीरक महोत्सवमा बोल्दै देउवाले विद्यालयका गुरुहरुको मिहिनेत र परिश्रमले धेरै व्यक्ति उच्च स्थानमा पुगेको र आफूले पढेको विद्यालय र गुरु सबैका लागि अत्यन्त प्रिय हुने उनले बताए ।

उनले ४ पटक मुलुकको प्रधानमन्त्री हुने अवसर दिएकोमा सुदूरपश्चिमवासीप्रति कृतज्ञता व्यक्त गरे । सुदूरपश्चिम भारतको बाटो भएर आउनुपर्ने समस्यालाई अन्त्य गर्ने व्यक्ति आफू भएको देउवाको दाबी थियो । 





  • प्रकाशित मिति : वैशाख २८, २०७६ शनिबार १७:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया