वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष ५ लाख घुस रकमसहित रंगेहात पक्राउ

बाँके– राप्तिसोनारी गाउँपालिकास्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियार बुटवल, सम्पर्क कार्यालयले अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनालाई ५ लाख घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । 

काठ उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उनीहरूले घुस रकम मागेका थिए । सो सूचना गोप्य रूपमा पाएपछि उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी कृष्णप्रसाद पौडेलले बताए । 

अख्तियारका अनुसा कामी र खुनामाथि थप अनुसन्धान भइरहेको  छ । 





  • प्रकाशित मिति : वैशाख २९, २०७६ आइतबार १७:१६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया