१ रनले जित्दै मुम्बई इन्डियन्स बन्याे आइपिएल च्याम्पियन

काठमाडौं– चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्सबीच हैदरावादमा भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल खेलमा चेन्नईलाई मुम्बईले १ रनले हराउँदै च्याम्पियन बनेकाे छ ।

मुम्बईले आइपिएल ट्रफी उचालेकाे याे चाैथाें पटक हाे । यसअघि उसले २०१३, २०१५, २०१७ मा पनि ट्रफी उचालेकाे थियाे ।

१५० रनकाे लक्ष्य पछ्याएर मैदानमा उत्रिएकाे चेन्नईले २० ओभरमा सात विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सफल भयाे । मलिङ्गाकाे अन्तिम बलमा चेन्नईका ब्याट्सम्यान एलबिडब्लू आउट भए ।

अत्यन्त रोमान्चक बनेको खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनी चाहिँ जम्मा दुई रन बनाएर आउट भए । चेन्नईका ओपनर फाँफ डू प्लेसीले पनि राम्रो गर्न सकेनन् । उनी १३ बलमा २६ रन बनाएर आउट भए । चेन्नईका लागि पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ५० रनको लक्ष्य दिएको थियो । चेन्नईका लागि सेन वाट्सनले ८० रनकाे याेगदान दिए ।

यसभन्दा पहिले टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । आफ्नो ३३ औं जन्मदिनमा केरान पोलार्डले २५ बलमा ४१ हाने । उनी नटआउट रहे । यो नै मुम्बईका लागि ब्याट्सम्यानबाट सबैभन्दा धेरै रनको योगदान थियो ।





  • प्रकाशित मिति : वैशाख २९, २०७६ आइतबार २३:४८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया