होन्डुरस –मध्य अमेरिकी राज्य होन्डुरसकाे एक द्वीपमा शनिबार विमान दुर्घाटना हुँदा पाइलटसहित पाँच जनाको ज्यान गएको छ। चार क्यानेडियन र एक अमेरिकी पाइलटसहित पाँचकाे मृत्यु भएकाे द गार्जियनले उल्लेख गरेकाे छ ।
दुर्घटनामा परी ब्रैडली पाेष्ट,बेली साेनी, टमी डब्लर र पाइलट पैट्रिक फाेर्सेथकाे ज्यान गएकाे हाे।
बिदा मनाउने क्रममा घुम्न निस्केका उनीहरुकाे प्राइभेट विमान उडान भरेकाे केही समयमै समुद्रमा खसेकाे हाे ।
त्यस्तै विमान दुर्घटनामा परी घाइते भएका क्यनेडियन पाइलट एन्टाेनी डब्लरकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ। के कारणले दुर्घटना भयाे भन्ने बारे अनुसन्धान भइरहेकाे अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।