[अपडेट] त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

धादिङ – धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ। घटनास्थलमा पाँच जनाकाे र उपचारका क्रममा तीन जनाकाे मृत्यु भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएकाे छ । 

मृत्यु भएकामध्ये चार जनाकाे मात्रै सनाखत भएकाे छ । 

मृत्यु हुनेमा काठमाडौँ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीकी ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय बिशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। 

दुर्घटनामा घाइते २३ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको  प्रहरीले जानकारी दिएकाे छ र अन्यको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

बस झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको थियाे।  बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको थियो। 





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १३:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया